पलाँता गाउँपालिकाका तत्कालीन अधिकृत र उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
nagariknews.nagariknetwork.com · Wed Jul 22 11:26:45 GMT 2026

कालिकोटको पलाँता गाउँपालिकास्थित सडक निर्माण योजनामा कागजात मिलाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा ‘फेल्केढुङ्गा लेखनवाडा वडा कार्यालय दुर्सी फागोटी सडक निर्माण योजना’ मा विनियोजित बजेट र कामको वास्तविक अवस्थामा भिन्नता पाई भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानबाट खुलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)