इरान युद्धबीच अमेरिका साउदीसँग आणविक सम्झौताको तयारीमा
hamrakura.com · Wed Jul 22 00:00:00 GMT 2026
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले साउदी अरेबियासँग नागरिक प्रयोजनका लागि आणविक ऊर्जा कार्यक्रम विकाससम्बन्धी दीर्घकालीन सम्झौता घोषणा गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। इरानसँगको तनाव र यमनमा हुथी विद्रोहीसँग पुनः चर्किएको द्वन्द्वबीच हुन लागेको यो सम्झौतालाई रणनीतिक महत्त्वका साथ हेरिएको छ।
अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासनले बुधबार साउदी अरेबियासँग औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरी त्यसको घोषणा गर्ने योजना बनाएको छ। पत्रिकाले नाम नखुलाइएका दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अनुसार यस सम्झौताले अमेरिकी आणविक उद्योगका लागि अर्बौं डलर बराबरका व्यावसायिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)