बीपीको दर्शन कांग्रेसलाई तोड्ने होइन, जोड्ने हो : भीष्मराज आङ्देम्बे
shilapatra.com · Wed Jul 22 12:09:41 GMT 2026

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बीपी कोइरालाको राजनीतिक दर्शन विभाजन नभई एकताको आधार भएको भन्दै कांग्रेसलाई थप एकताबद्ध बनाउनुपर्ने बताएका छन् । ४४औँ बीपी स्मृति दिवसको अवसरमा बुधबार चितवनमा आयोजित कार्यक्रममा उनले पार्टीभित्र विचार समूह देखिनु र कार्यालय स्थापना गर्नु स्वाभाविक भए पनि त्यसले कांग्रेसको एकतालाई कमजोर बनाउन नहुने बताए । अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो ।
‘नेपाली कांग्रेस एउटा जीवन्त पार्टी हो । जीवन्त पार्टीभित्र छलफल हुन्छ । बहस हुन्छ । वाद–प्रतिवाद हुन्छ । महाधिवेशन नजिकिँदै गर्दा विचार समूहका आफ्नै–आफ्नै अफिस हुन सक्छन्,’ उनले भने, ‘तर, समग्रमा नेपाली कांग्रेस एक भएर अहिलेको चुनौतीको सामना गरेर जानुको विकल्प हामीसँग छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)