इस्कनमा बालबालिकालाई दुर्व्यवहार गर्नेलाई एक वर्ष कैद, तर ५० हजार धरौटीमा छुटे
nepalpress.com · Sun Jun 28 08:19:08 GMT 2026

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका- ५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कन) मा बालबालिकामाथि दुर्व्यवहारको आरोप लागेका व्यक्तिलाई एक वर्षको कैद भएकोमा उनी ५० हजार धरौटीमा रिहा भएका छन् ।
उक्त आरोपमा पक्राउ परेका सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई बालबालिकासम्बन्धी कसुरमा रहेको कैद तथा जरिवानाको सजाय गर्न सर्वोच्च अदालतले परमादेश दिएको थियो । त्यसअनुसार एक वर्ष कैद र ५० हजार धरौटीको सजाय तोकिएकोमा कानुन बमोजिम थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने गरी उनी रिहा भएका हुन् । पहिलोपटकको कसुरमा एक वर्षसम्मको कैद तोकिए थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाइने कानुनी सुविधा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)