केवल व्यक्तिलाई जोडेर बनाएको एकताले वीपीको उचाइ छुन सक्दैन : पूर्णबहादुर खड्का
nepalsamaya.com · Wed Jul 22 12:20:51 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र संवाद, सहमति र सम्पूर्ण एकताको आवश्यकता औंल्याउँदै वीपी कोइरालाको विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मार्गदर्शनलाई वर्तमान परिस्थितिमा थप सान्दर्भिक रूपमा आत्मसात गर्नुपर्ने बताएका छन्।
४४औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै खड्काले नेपाली कांग्रेसका विचार र आदर्शका प्रणेता तथा त्यसका निर्माताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनले आफू कार्यवाहक सभापति भएदेखि निवर्तमान हुँदासम्मको अवधिमा सर्वोच्च अदालतमा मुद्दा लड्दा तथा निर्वाचन आयोगमा पार्टीका नेतासहित उपस्थित भएका सबै सन्दर्भमा धेरै विषय सार्वजनिक रूपमा राख्नुपर्ने आवश्यकता रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)