लगातार घाटामा उपाय सिटी कार्गो, ६६ करोड ऋणबीच आईपीओ ल्याउने योजना
bishowkhabar.com · Wed Jul 22 12:25:32 GMT 2026

काठमाडौं- ढुवानीसम्बन्धी काम गर्ने उपाय सिटी कार्गो प्रा.लि.मा घाटा चुलिँदै गएको छ। वाणिज्य बैंकहरूबाट ९५ करोड रुपैयाँ ऋण लिएर सञ्चालनमा आएको कम्पनी निरन्तर घाटामा गएको हो। कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल सञ्चालन घाटा ११ करोड १९ लाख ९ हजार ७ सय ५६ रुपैयाँ रहेको छ। यस्तै, आर्थिक वर्ष २०८१/८२ मा यस्तो घाटा बढेर १४ करोड ५४ लाख १४ हजार ७९ रुपैयाँ पुगेको छ।
नेपालको लजिस्टिक्स कम्पनी उपाय सिटी कार्गो प्रालिले आफ्नो आधिकारिक वेबसाइटको इन्भेस्टर रिलेसन्स पृष्ठमा सन् २०२४मा सम्पन्न भएको ‘क्वाटरब्याक राउन्ड’ले कम्पनीलाई नाफातर्फ लैजाने तथा निकट भविष्यमा नेपाल स्टक एक्सचेन्जमा प्राथमिक सार्वजनिक सेयर निष्काशन (आईपीओ) ल्याउने तयारी गर्ने उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)