व्यापार बढाउँदै ‘गौँथली’, अधिकांश शो हाउसफुल
kendrabindu.com · Wed Jul 22 12:30:47 GMT 2026

काठमाडौं । चलचित्र ‘गौँथली’ले व्यापारिक रफ्तार समातेको छ । गत शुक्रबार रिलिज भएको चलचित्रले हरेक दिन व्यापार बढाउँदै गएको छ ।
पहिलो दिन औसत देखिएको हलमा छैटौँ दिन आइपुग्दा अधिकांश शो हाउसफुल भएका छन् । आजका अधिकांश शो बिहानैबाट राताम्मे देखिएका छन् । कतिपय शो त फिलिङ फास्टमा गइरहेका छन् । अबेर साँझका शोमा बिहानै ८० प्रतिशतभन्दा माथि टिकट बिक्री भइसकेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)