प्रधानमन्त्री शाहले भने- सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै कसर बाँकी राखेको छैन
barnanmedia.com · Sat Aug 29 21:45:00 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै कसर बाँकी नराखेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुन:स्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी रहने बताएका हुन् ।
विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्याएकोप्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै उनले बाढी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)