बरु मर्न तयार भइन्छ, सम्मानमा सम्झौता गर्न सक्दैनौँ : पूर्णबहादुर खड्का
shilapatra.com · Wed Jul 22 12:35:59 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा सम्मानका लागि कहिल्यै सम्झौता नगर्ने बताएका छन् । पार्टी संस्थापन इतर समूहले बीपी स्मृतिको अवसरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले आफू पार्टीमा युवा पुस्ताको रक्षाकवच भएर हिँड्न तयार भएको बताए ।
‘कोही पनि निष्क्रिय बस्नेवाला छैनौँ । हामी युवालाई अघि सारेर युवाहरूको रक्षाकवच भएर हिँड्न तयार छौँ । कहीँ पनि भ्रम नहोस्,’ उनले भने, ‘यी नेता आफैँ हुन खोजेका छन् भन्ने भ्रम नहोस् । नेपाली कांग्रेस स्थापनाकालदेखि पहिलोपटक प्रतिकूल अवस्थामा पुगेको छ । सम्मानका लागि पञ्चायतमा पनि लडियो । बरु मर्न तयार भइन्छ सम्मानमा सम्झौता गर्न सक्दैनौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)