डडेल्धुरा अस्पतालमा अनियमितताको आरोप
rajdhanidaily.com · Wed Jul 22 13:46:15 GMT 2026
डडेल्धुरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेल्धुराले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको प्रमुख रेफरल अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पतालमा विभिन्न प्रकारका अनियमितता भएको आरोप लगाउँदै सूचनाको हक ऐनअन्तर्गत २१ बुँदे सूचना माग गरेको छ । जिल्ला सदरमुकाम तुफानडाँडामा अवस्थित अस्पताल संघीय सरकार मातहतको सुदूरपश्चिमको एक मात्रै अस्पताल हो ।
राप्रपा डडेल्धुराका अध्यक्ष राजेन्द्र भण्डारीले अस्पतालमा भएका गतिविधि’bout अध्ययन गरी आवश्यक कदम चाल्न सूचना माग गरिएको जानकारी दिए । उनका अनुसार राप्रपाले अस्पताललाई जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने केन्द्रका रूपमा विकास गर्नुको सट्टा केही व्यक्तिहरूको आर्थिक स्वार्थ पूरा गर्ने माध्यम बनाइएको भन्ने व्यापक जनगुनासो आएको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)