घरायसी विवादले हिंसात्मक रूप लिँदा श्रीमान-श्रीमतीको मृत्यु
annapurnapost.com · Wed Jul 22 13:48:29 GMT 2026

झापा : झापाको दमकमा घरायसी विवादले हिंसात्मक रूप लिँदा श्रीमान-श्रीमतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार दिउँसो २ बजेको समयमा दमक नगरपालिका-१ सिरपाली चोक निवासी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीबीच सामान्य घरायसी विवादपछि झै-झगडा भएको थियो।
विवादका क्रममा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट उनको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो। घटनापछि धनबहादुरले आफ्नै घरको अर्को कोठामा रहेको सिलिङ पङ्खामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए। सोही क्रममा उनकी २५ वर्षीया छोरी प्रियंका दर्जीले बाबुलाई झुन्डिएको अवस्थामा देखेपछि तत्काल पासो काटेर भुईँमा झारेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)