अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा र भैरहवामा शुल्क छुट, पर्यटन प्रवर्द्धनमा सरकारको नयाँ कदम
tourismface.com · Wed Jul 22 13:55:58 GMT 2026
काठमाडौं । सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन तथा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउन विशेष सहुलियत घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई विमानस्थलबाट सञ्चालन हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार २०८५ साल भदौ मसान्तसम्मका लागि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण (ल्याण्डिङ), पार्किङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा मिनाहा गरिनेछ। साथै, ग्राउण्ड ह्याण्डलिङ सेवामा ५० प्रतिशत छुट उपलब्ध गराइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)