बाढी प्रभावितको राहतका लागि मादी गाउँपालिकाले दियो १० लाख
ratopati.com · Thu Aug 27 11:45:51 GMT 2026

पोखरा । कास्कीको मादी गाउँपालिकाले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत र उद्धारका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने पालिकाले जनाएको छ ।
बुधबारको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा र चितवन लगायतका विभिन्न जिल्लाहरूमा ठूलो क्षति पुगेको छ । बाढी प्रभावित परिवारहरूलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले गाउँपालिका परिवारले आर्थिक सहयोग संकलन गरेको गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)