राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
ratopati.com · Wed Jul 22 14:04:11 GMT 2026

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले बिहानदेखि साँझसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराउने भएको छ। सो सेवा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । आज एक सूचना जारी गर्दै बिहीबारदेखि सो सुविधा दिन लागिएको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमद्वारा जारी सूचनामा सेवा ग्राहीको चापलाई मध्यनजर गर्दै समय बढाइएको जनाइएको छ । दैनिक ७५० जना हाराहारीलाई सेवाग्राहीलाई सेवा दिने गरी प्रबन्ध मिलाइएको सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)