ग्लोबल आइएमई क्यापिटलद्वारा बाढीपीडितको उद्धार तथा राहतका लागि १० लाख सहयोग
aarthiknews.com

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्ने जनाएको हो।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा व्यापक कटान र डुबान हुँदा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको कम्पनीले जनाएको छ। ग्लोबल आइएमई क्यापिटलले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)