विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
ratopati.com · Wed Jul 22 14:44:18 GMT 2026

काठमाडाैँ । मेटा कम्पनीको प्रमुख एक प्लेटफर्म फेसबुक म्यासेन्जरमा आज प्राविधिक समस्या देखिएको छ। नेपालसहित विश्वका विभिन्न देशका हजारौँ प्रयोगकर्ताहरूले सन्देश आदानप्रदान गर्न समस्या भइरहेको भन्दै रिपोर्ट गरेका छन्।
इन्टरनेट सेवामा आउने अवरोधहरूको निगरानी गर्ने वेबसाइट 'डाउनडिटेक्टर'का अनुसार, फेसबुकमा समस्या देखिएको उजुरीहरूमा एकाएक वृद्धि भएको थियो। त्यसको केही समयपछि म्यासेन्जरमा पनि सन्देश पठाउन र प्राप्त गर्न नसकिएको भन्दै बेलायत र अन्य क्षेत्रबाट प्रयोगकर्ताहरूले गुनासो गर्न थालेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)