बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
nepalpress.com · Wed Jul 22 15:26:28 GMT 2026

रुपन्देही । बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार बुटवल उपमहानगरपालिका–९ स्थित नयाँ बसपार्क क्षेत्रमा शङ्कास्पद रूपमा हिँडडुल गरिरहेका मकवानपुरको बकैया गाउँपालिका–९ का २६ वर्षिय रोशन तुुङलिङ मगरलाई पक्राउ गरिएको हो ।
प्रहरीले खानतलासी गर्दा उनको साथबाट रिभल्वर र गोली थान–२ बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका मगरलाई अदालतबाट आज म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)