फ्लडलाइट र सर्च क्यामेरासहित सेना परिचालन : त्रिशूली ३ ‘ए’ मा फसेकाहरूको रातभर उद्धार प्रयास
barnanmedia.com · Sat Aug 29 22:05:43 GMT 2026

अविरल वर्षापछिको बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजना क्षेत्रमा फसेका नागरिकहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली रातभर युद्धस्तरमा खटिएको छ। प्रतिकूल मौसम, लगातारको वर्षा र रातको अँध्यारोका बिच पनि प्रभावितहरूको सकुशल खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको हो ।
भौगोलिक जटिलता तथा रातको समयमा उद्धारमा अवरोध नपुगोस् भनेर कार्यस्थलमा उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी खोज तथा उद्धार जारी राखिएको छ । घटनास्थलमा थुप्रिएको भीषण पहिरो र माटो पन्छाउन जेसीबी तथा हेभी एक्स्क्याभेटरहरूको निरन्तर प्रयोग भइरहेको छ, जसको सहयोगमा अवरुद्ध बाटो खुलाउँदै फसेका नागरिकहरू सम्भावित स्थानहरूसम्म पुग्ने प्रयास भइरहेको उद्धार टोलीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)