६५२ किलो गाँजासहित सिरहाबाट तीन जना पक्राउ
nagariknews.nagariknetwork.com · Wed Jul 22 15:47:03 GMT 2026

सिरहाको लहान नगरपालिका-३ नयाँ बस्ती टोलबाट प्रहरीले ६५२ किलो अवैध गाँजा र एक थान पिकअप गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
गाडीभित्र नास्पातीका क्रेट पछाडि गाँजा लुकाएर राखिएको विशेष सूचनाका आधारमा मङ्गलबार अपरान्ह ४:३० बजे इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक राजु प्रसाद ढकाल र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारका प्रहरी सहायक निरीक्षक जोगिन्द्र कुमार साहको कमान्डमा संयुक्त प्रहरी टोली खटिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)