भेनेजुएला भुकम्प : हालसम्म १,४४० को मृत्यु पुष्टि, ६९ हजार ९०० जना अझै बेपत्ता
annapurnapost.com · Sun Jun 28 08:46:07 GMT 2026

भेनेजुएला : भेनेजुएलामा जुन २५ मा गएको दुई शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पु¥याएको छ । प्राप्त पछिल्लो विवरणअनुसार यस विपदा हालसम्म १,४३० जनाको मृत्यु पुष्टि भएको छ । यद्यपि वास्तविक मृतक संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । अधिकारीहरूका अनुसार ६८,९०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको जानकारी दिएका छन् । उद्धार टोलीहरूले भग्नावशेषबाट लगातार शव निकालिरहेका छन् ।
यसैबीच, देशको उत्तरी तटीय क्षेत्रमा फेरि भूकम्पका धक्का महसुस भएका छन् । रोयटर्सका अनुसार राजधानी कराकास र माराके क्षेत्रमा ४.९ म्याग्निच्युडको भूकम्प गएको हो । सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक ला गुआइरा राज्यमा स्थानीय बासिन्दाहरू आफ्ना आफन्त र छिमेकीको खोजीमा फावडा, डोरी, भारी उपकरण तथा आफ्नै हात प्रयोग गरेर भग्नावशेष हटाइरहेका छन् । यस विपदमा ३,३६० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने शनिबार मात्रै करिब २५० जनालाई जीवित उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)