नेता कोइराला र थापाविच छलफल
gorkhapatraonline.com · Sun May 12 16:59:39 UTC 2024

काठमाडौं, वैशाख ३० गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबिच आज भेट भएको छ । नेता कोइरालाको सचिवालय बिशालनगरमा दुई नेताविच भेट भइ समसामयिक राजनीतिका विषयमा छलफल भएको हो ।
नेता कोइराला र महामन्त्री थापाविचको यो नियमित भेटघाट भएको बताइएको छ । भेटघाटमा कोइराला र थापाबिच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको नेता कोइरालाको सचिवालयले जनाएको छ । भेटमा महामन्त्री थापाले हिजो राष्ट्रपति र आज प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी गराउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)