गायक सुजन चापागाईंमाथि गोप्य च्याट विवाद, माफी माग्दै कानुनी प्रक्रियामा जाने घोषणा
newsofnepal.com · Sun Jun 28 09:09:39 GMT 2026
गायक सुजन चापागाईं यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएका निजी च्याटका स्क्रिनसट र भिडियोका कारण विवादमा परेका छन्। पछिल्ला दिनहरूमा टिकटक, इन्स्टाग्राम र रेडिटलगायत प्लेटफर्ममा उनीसँग सम्बन्धित भनिएका विभिन्न च्याट सामग्री भाइरल बनेका छन्।
सार्वजनिक भएका केही च्याटमा दोहोरो अर्थ लाग्ने तथा अनुपयुक्त शब्दहरूको प्रयोग भएको देखिन्छ। साथै केही किशोरीहरूले पनि चापागाईंले इन्स्टाग्रामको ‘भ्यानिस मोड’ प्रयोग गरेर आफूसँग निजी तथा अशोभनीय संवाद गर्ने गरेको दाबी सामाजिक सञ्जालमार्फत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)