कामपाले चार करोड ५४ लाखभन्दा बढी सहयोग गर्ने
barnanmedia.com · Sat Aug 29 22:36:31 GMT 2026

काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न चार करोड ५४ लाख १४ हजार ७८७ सहयोग गर्नेभएको छ।
भोटेकोशी बाढीबाट पुगेको क्षति व्यवस्थापनमा कामपाको सहयोगका विषयमा छलफल गर्न आज बोलाइएको ५७ औँ कार्यपालिकाको बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सनसहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिनलगायत साधन र सामग्री तथा आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन गर्न विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको महानगरका कार्यावाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ट।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)