भोटेकोशी बाढी प्रभावितका लागि पोखरा महानगरले दियो ४५ लाख, उद्धार टोली परिचालन
ratopati.com · Thu Aug 27 11:53:44 GMT 2026

पोखरा । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि पोखरा महानगरपालिकाले ४५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । विपदको समयमा प्रभावित नागरिकको उद्धार, राहत र उपचारमा सहयोग पुग्ने उद्देश्यले रकम पठाउने निर्णय गरिएको मेयर धनराज आचार्यले जानकारी दिए ।
उनका अनुसार, प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि पोखरा महानगरपालिकाले नगर प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री, प्राथमिक उपचारका उपकरणसहितको एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रतर्फ पठाइएको आचार्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)