अपुष्ट सूचना, तस्बिर र श्रव्यदृश्य सामग्री प्रसारण नगर्न सञ्चार मन्त्रालयको अपिल
gorkhapatraonline.com · Thu Aug 27 11:53:30 GMT 2026

सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपद्का घटनासँग सम्बन्धित मानवीय रुपमा संवेदनशील तस्बिर, श्रव्यदृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपिल गरेको छ ।
मन्त्रालयले विपद्को विषम परिस्थितिमा सञ्चारमाध्यम तथा आमनागरिकबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढङ्गबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदयबहादुर राना मगरद्वारा जारी विज्ञप्तिमा विपदबाट भएको क्षति, उद्धार तथा राहतसम्बन्धी समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिजस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)