विदेशी विज्ञ झिकाएर भए पनि ज्यान बचाऊँ, राष्ट्रवादभन्दा माथि हुन्छ मानवीयता
barnanmedia.com · Sat Aug 29 22:47:31 GMT 2026

रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा अझै मानिसहरू फसेका छन् । बाहिर बाढीको कहर छ, भित्र अँध्यारो सुरुङमा जीवनसँग संघर्ष गरिरहेका मानिसहरू छन् । हरेक मिनेट र सेकेन्ड महत्त्वपूर्ण छ यतिखेर । यस्तो अवस्थामा हाम्रो पहिलो प्राथमिकता एउटै हुनुपर्छ- जसरी हुन्छ, सकेसम्म धेरैको ज्यान जोगाउने ।
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र अन्य सुरक्षा निकायले गरिरहेको प्रयास प्रशंसनीय छ । तर जटिल भूगोल, ध्वस्त संरचना, पानीको जोखिम र सुरुङभित्रको कठिन अवस्थाले चुनौती थपेको छ । यस्तो अवस्थामा हामीसँग उपलब्ध जनशक्ति, उपकरण र प्रविधिले मात्रै पर्याप्त हुँदैन भने विदेशबाट विशेषज्ञ टोली, अत्याधुनिक उपकरण र प्राविधिक सहयोग ल्याउन सरकारले ढिला गर्नुहुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)