कक्रोज जनता पार्टी’ आन्दोलनले भारत किन ततायो? परीक्षा घोटाला, बेरोजगारी र सरकारविरुद्ध युवाको विस्फोट
barnanmedia.com · Wed Jul 22 23:13:44 GMT 2026

भारतमा पछिल्ला दिनहरूमा चर्किएको ‘कक्रोज जनता पार्टी (Cockroach Janata Party–CJP)’ आन्दोलनले देशको राजनीति मात्र होइन, शिक्षा प्रणाली, बेरोजगारी र सरकारी जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। सामाजिक सञ्जालबाट सुरु भएको यो अभियान अहिले सडक आन्दोलनमा परिणत भएको छ, जहाँ हजारौं विद्यार्थी, बेरोजगार युवा र नागरिक सरकारविरुद्ध उभिएका छन्।
यो आन्दोलनको पृष्ठभूमिमा सर्वोच्च अदालतमा सुनुवाइका क्रममा बेरोजगार युवालाई ‘कक्रोज’सँग तुलना गरिएको भनिएको टिप्पणी रहेको बताइन्छ। त्यसपछि युवाहरूले अपमानजनक ठानिएको यही शब्दलाई प्रतिरोधको प्रतीक बनाउँदै ‘कक्रोज जनता पार्टी’ नामबाट अभियान सुरु गरेका हुन्। उनीहरूको भनाइ छ— “हामी कक्रोज होइनौँ, हामी आफ्नै देशमा सम्मान र अवसर खोजिरहेका नागरिक हौँ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)