स्पेन–अर्जेन्टिना विश्वकप फाइनलले अमेरिकामा तोड्यो दर्शक कीर्तिमान
barnanmedia.com · Thu Jul 23 00:47:41 GMT 2026
काठमाडौं। स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै विश्वकप उपाधि जितेको फाइनल खेल अमेरिकामा झन्डै ६ करोड ३० लाख (६३ मिलियन) दर्शकले प्रत्यक्ष हेरेका छन्। योसँगै फिफा विश्वकप फाइनलले अमेरिकामा नयाँ दर्शक कीर्तिमान कायम गरेको छ।
न्यु जर्सीमा सम्पन्न फाइनल खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि अतिरिक्त समयको १०६औँ मिनेटमा स्पेनका फेरान टोरेसले निर्णायक गोल गर्दै टोलीलाई १–० को ऐतिहासिक जित दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)