विद्युत् आपूर्ति चुस्त बनाउन २६ बुँदे 'एक्सन प्लान'
barnanmedia.com · Thu Jul 23 00:43:17 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बारम्बारको विद्युत् अवरोध, कमजोर वितरण प्रणाली र बढ्दो उपभोक्ता गुनासोलाई सुधार्न देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं उपकार्यकारी निर्देशक राजन ढकालले जिम्मेवारी सम्हालेकै पहिलो दिन २६ बुँदे सुधारात्मक निर्देशन जारी गर्दै वितरण प्रणालीलाई ‘रिएक्टिभ’ नभएर ‘प्रोएक्टिभ’ बनाउने रणनीति अघि सारेका छन् ।