होर्मुज तनावसँगै तेल बजार प्रभावित
nepalviews.com · Thu Jul 23 01:02:26 GMT 2026

एजेन्सी । मध्यपूर्वमा बढ्दो तनावका कारण विश्वव्यापी तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता बढेपछि बुधबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । करिब छ सातापछि पहिलोपटक ब्रेन्ट क्रुडको मूल्य यो स्तरमा पुगेको हो ।
अन्तरराष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो । अमेरिकी ‘वेस्ट टेक्सास इन्टरमिडियट’(डब्लुटीआई) क्रुडको मूल्यमा समेत वृद्धि देखिएको छ । विश्लेषकका अनुसार अमेरिका र इरानबीच पुनः चर्किएको सैन्य तनाव तथा होर्मुज र बाब अल–मान्देब जलसन्धि हुँदै हुने तेल ढुवानीमा बढेको जोखिमले बजारमा आपूर्ति अवरोधको आशङ्का बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)