शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर ५० दिनभित्रमा फिर्ता पाइने
kendrabindu.com · Thu Jul 23 01:08:52 GMT 2026

काठमाडौं । शिक्षा र स्वास्थ्यमा लागेको ३ प्रतिशत समता कर खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै यसअघि ती शीर्षकमा नागरिकले तिरेको कर फिर्ता पाउने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले १ साउनदेखि हालसम्म शिक्षा र स्वास्थ्यमा तिरेको ३ प्रतिशत कर सम्बन्धित व्यक्ति र निकायको खातामा बढीमा ५० दिनभित्र फिर्ता गर्नुपर्ने निर्णय सरकारले गरेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार यसअघि ६ साउनसम्म नागरिकले तिरेको कर ५० दिनभित्र खातामा फिर्ता र दाखिला गराउने व्यवस्था मिलाउन प्रधामन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई निर्देशन दिने छ । अर्थ मन्त्रालयले मातहतका विभाग तथा कार्यालयहरू (जस्तैः आन्तरिक राजस्व विभाग, कोष तथा लेखा नियन्त्रक कार्यालय वा सम्बन्धित शिक्षण र स्वास्थ्य संस्था) लाई परिपत्र वा आदेश जारी गर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)