सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
ratopati.com · Thu Jul 23 01:15:00 GMT 2026

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा सुरु भएसँगै यात्रा जोखिमपूर्ण बन्छ । यो एक पटकको मात्रै समस्या होइन, हरेक बर्खामा दोहोरिने समस्या हो ।
डेढ-दुई दशक अघिसम्म सुदूरपश्चिमका पहाडी जिल्लामा सदरमुकामसम्म मात्र सडक सञ्जाल सीमित हुन्थ्यो । १०-१२ वर्ष यता सुदूरपश्चिमका गाउँ–गाउँमा सडक पुगेको छ । गाउँलाई जोड्ने अधिकांश यी साँघुरा कच्ची सडक बर्खामा हिलो, पहिरोले धराप बन्ने गर्छन् । जसले गर्दा पहाडी जिल्लामा गुड्ने बोलेरो जीप दुर्घटनाको उच्च जोखिममा पर्न थालेको प्रहरीको अनुसन्धानले देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)