होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी
kendrabindu.com · Thu Jul 23 01:24:29 GMT 2026
काठमाडौं । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा नियन्त्रण कायम गर्ने र त्यहाँबाट शुल्क असुल्ने इरानको दाबीले विश्व अर्थतन्त्रमा जोखिम बढाउने र खतरनाक नजिर बस्ने चेतावनी दिएका छन् ।
फिलिपिन्सको राजधानी मनिलामा सुरु भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का विदेशमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै रुबियोले कुनै पनि देशले अन्तरराष्ट्रिय जलमार्गमा नियन्त्रण कायम गरी शुल्क लिन वा शुल्क नतिरेमा जहाजमाथि आक्रमण गर्ने अवस्था स्वीकार्य नहुने बताए । “यदि मध्यपूर्वमा यस्तो नजिर स्थापित भयो भने, जहाँ कुनै राष्ट्रले अन्तरराष्ट्रिय जलमार्ग नियन्त्रण गर्ने, शुल्क लिने र त्यसको पालना नगरे जहाजमाथि कारबाही गर्ने निर्णय गर्नसक्छ भने यसले विश्वका अन्य भागमा पनि दोहोरिन सक्ने खतरनाक अवस्था सिर्जना गर्नेछ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)