इरानमा अमेरिकाको बमबारी जारी : तेलको मूल्य बढ्यो, साउदी तेल ट्यांकरमा आक्रमण गरेको हुथीको दाबी
nagariknews.nagariknetwork.com · Thu Jul 23 01:52:21 GMT 2026

मध्यपूर्वमा तनाव दिनप्रतिदिन चुलिँदै गएको छ। अमेरिकाले इरानमाथि लगातार १२ औँ दिन पनि भीषण बमबारी जारी राखेको छ।
यमनका हुथी विद्रोहीहरूले ‘रेड सी’ मा साउदी अरेबियाका दुई तेल ट्यांकरमाथि शक्तिशाली आक्रमण गरेको दाबी गरेका छन्। यस तनावपूर्ण भूराजनीतिक घटनाक्रमका कारण विश्व बजारमा इन्धनको मूल्यमा उच्च वृद्धि भएको छ। बिहीबार दक्षिणी इरानका बुशहर, अहवाज, रामशिर, महशहर र सिरिकजस्ता प्रमुख सहरहरूलाई लक्षित गर्दै अमेरिकी सेनाले लगातार हवाई आक्रमण गरिरहेको छ। बुशहर आणविक ऊर्जा केन्द्र नजिकैको पावर सबस्टेशनमा गरिएको आक्रमणका कारण त्यस क्षेत्रमा केही घण्टा बिजुली आपूर्ति पूर्ण रूपमा बन्द भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)