नवनियुक्त उपकुलपति खतिवडाको शपथ
hamrakura.com · Thu Jul 23 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा भीमप्रसाद खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र साह बालेनले खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका थिए ।
मन्त्रालयका अनुसार नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि, २०८३ बमोजिम खतिवडालाई उपकुलपतिमा नियुक्त गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)