२१८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु, पहिलोपटक चार समूहमा वर्गीकरण
aarthiknews.com

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसिओडी) थप्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि प्राधिकरणले पहिलोपटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ।
प्राधिकरण सञ्चालक समितिको असार ३२ गतेको बैठकले आयोजनाको भौतिक प्रगति, पीपीएअन्तर्गतका दायित्वको कार्यान्वयन र आरसिओडीको अवस्थाका आधारमा आयोजना ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पहिलो चरणमा समूह ‘क’ र ‘ख’ मा परेका २१८ आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)