बाढी पहिरोले ११ सडकमा यातायात अवरुद्ध
kendrabindu.com · Thu Jul 23 02:16:47 GMT 2026

काठमाडौं । वर्षासँगै बाढीपहिरो जाँदा देशका विभिन्न स्थानका ११ ठाउँमा आज पनि प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका हुन्।
इलाममा मेची राजमार्ग, खोटाङमा मध्यपहाडी राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, मकवानपुरमा कान्तिलोकपथ, दोलखामा लामासाघु रामेछाप राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर, लमजुङमा बेसीँशहर मनाङ सडक, म्याग्दीमा बेनी जोमोम सडक र रुकुम पश्चिममा भेरी करिडोर जाजरकोट डोल्पा सडकमा आज बाढी र पहिरोले पूर्णरुपमा अवरुद्ध भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)