कस्तो रहला यो साताको तपाईंको भाग्य ?
ratopati.com · Sat Aug 29 23:13:03 GMT 2026

भाद्र १४ गते आइतबारदेखि २० गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोमबारसम्मको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा बाधा तथा अवरोधको सामना गर्नुपर्ने हुन सक्छ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । मङ्गलवारबाट राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । खेल क्षेत्र तथा पराक्रमी क्रियाकलापमा सहभागी भई आफ्नो प्रस्तुति दिन सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)