मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
ratopati.com · Thu Jul 23 02:42:22 GMT 2026

झापा । मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नीतिगत कमजोरी, निजी सेफ्टी ट्याङ्करको कमजोर नियमन तथा पर्याप्त लेदो सङ्कलन हुन नसक्दा केन्द्रहरू अपेक्षाअनुसार सञ्चालन हुन नसकेका हुन् ।
एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको लागत साझेदारीमा सात वर्षअघि मेचीनगर–१४ दुहागढी र वडा नं ७ भान्सा खोलामा प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)