साउदी अरेबियाका दुईवटा तेल ट्याङ्करमाथी आक्रमण गरेको हुथिको दाबी
nepalviews.com · Thu Jul 23 02:57:20 GMT 2026

एजेन्सी । अमेरिकाले इरानमाथि लगातार १२औँ रात हवाई आक्रमण गरेपछि यमनका हुथि समूहले लाल सागरमा साउदी अरेबियाका दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको दाबी गरेका छन्।
समूहका सैन्य प्रवक्ता याह्या सारीले नौसैनिक नाकाबन्दी उल्लङ्घन गरेको आरोप लगाउँदै ड्रोन र क्षेप्यास्त्रमार्फत ‘इन्सेलिया’ र ‘लायला’ नामक ट्याङ्करहरूलाई लक्षित गरिएको बताएका छन्। बेलायती सामुद्रिक व्यापार सञ्चालन र भेंगागार्ड समूहले पनि साउदी अरेबियाको अल शुकाइबाट करिब १३० किलोमिटर टाढा एउटा साउदी ट्याङ्करमा अज्ञात वस्तुले प्रहार गर्दा आगलागी भएको तर मानवीय क्षति भने नभएको पुष्टि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)