सशस्त्रका पूर्वएसएसपी नै ठगी धन्दामा
annapurnapost.com · Thu Jul 23 03:39:07 GMT 2026

काठमाडौं : ‘७७ लाख रुपैयाँ दिए हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिन्छौं’ भन्दै बार्गेनिङ गर्ने सशस्त्र प्रहरीका पूर्वएसएसपी गोपालकुमार गुरुङसहित ३ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई गत साउन ४ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्ने अन्य दुई जनामा कलाकार नारदप्रसाद खतिवडा र बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त विक्रमबहादुर थापा छन्। ललितपुरको सानेपा र धोबीघाटबाट गत असार १२ गते शंकास्पद गतिविधि र भिसा दुरुपयोगको आरोपमा अध्यागमन विभागले ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। तिनै चिनियाँ नागरिकलाई हिरासतबाट छुटाउने र विभागले जफत गरेका १५ थान राहदानी फिर्ता गराइदिने आश्वासन दिँदै यो गिरोहले चिनियाँ पक्षसँग रकम असुलेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)