बर्डफ्लु संक्रमण घट्यो : पशु सेवा विभाग
kathmandupati.com · Thu Jul 23 03:46:43 GMT 2026

काठडमाण्डु – पक्षीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आउन थालेको छ। संघीय राजधानी काठमाण्डुलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पंक्षीपालन गर्ने किसान समस्यामा परेका थिए।
पशु सेवा विभागका अनुसार साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन। पछिल्लो पटक काठमाण्डुको गोकणेश्वर–१ सुन्दरीजलमा संक्रमण देखिएको थियो। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो समय संक्रमण देखिएको छैन। संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परिक्षणको काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)