चिया उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल, निर्यात र उद्योगका समस्या एजेन्डामा
corporatenepal.com · Thu Jul 23 03:47:09 GMT 2026

काठमाडौं । विभिन्न व्यवसायिक संघ–संस्था र निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गरिरहेका प्रधानमन्त्री बालेन शाहले बुधबार चिया उद्योगसँग आबद्ध उद्यमी तथा व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटवार्तामा नेपाली चिया उद्योगले भोगिरहेका चुनौती, निर्यातमा देखिएका अवरोध तथा ती समस्याको समाधानका सम्भावित उपायबारे विस्तृत छलफल हुनेछ।
छलफलका लागि अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टी–स्टेट, हिमालयन सांग्रिला चिया उद्योग, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीलगायतका संस्थाका अध्यक्ष तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)