मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
rajdhanidaily.com · Thu Jul 23 04:04:50 GMT 2026

जनकपुरधाम । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारिते ‘बफर’ कोटाको रासायनिक मल वितरण सुरु गरेको छ । धान रोपाइँको समयमा रासायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी रासायनिक मलको वितरण सुरु गरेको हो ।
मधेस प्रदेश सरकारको गत असार ३१ गतेको निर्णयबमोजिम स्थानीय तहगत रूपमा निर्धारण गरिएको बफर कोटाअनुसार युरिया र डिएपी मल बिक्री वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)