बालक मृत्यु प्रकरणमा नाबालिका नियन्त्रणमा
barnanmedia.com · Thu Jul 23 03:59:15 GMT 2026

महोत्तरीको सीमावर्ती सम्सी गाउँपालिका–५ पोखरभिण्डामा तीन वर्षीय बालक मनिकेश कुमार यादवको मृत्यु प्रकरणमा प्रहरीले एक नाबालिकालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीले पक्राउ परेकी बालिकाको नाम सार्वजनिक गरेको छैन।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत जेठ २२ गते साँझ करिब ५ बजे घरबाहिर खेलिरहेका बेला बालक मनिकेश बेपत्ता हुनुभएको थियो। खोजतलासका क्रममा जेठ २४ गते साँझ करिब ५ बजे उहाँको शव घर नजिकैको पानी पोखरीमा बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)