पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
nepalpress.com · Thu Jul 23 04:29:24 GMT 2026

रूपन्देही । पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका वडा नं. ३ छहरागैरामा गएराति भएको टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–३ सिसुवाका ३५ वर्षीय हेमबहादुर लम्तरी छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बुटवलबाट पाल्पा सदरमुकाम तानसेनतर्फ जाँदै गरेको लु२ख १७१९ नम्बरको खाली टिप्पर गएराति करिब ११ बजे छहरागैरामा आफैँ अनियन्त्रित भई सडकबाट करिब १ सय २० मिटर तल खोल्सामा खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)