आकार फाउन्डेसनद्वारा अटिजम भएका युवाहरूको पहिलो ब्लक प्रिन्टिङ तालिम सम्पन्न
ictsamachar.com

काठमाडौं । आकार फाउन्डेसनले अटिजम भएका युवाहरूका लागि सञ्चालन गरेको पहिलो ब्लक प्रिन्टिङ तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यस अवसरमा २१ जुलाईमा गोदावरीस्थित अटिजमकेयर नेपाल सोसाइटीमा प्रशिक्षार्थीहरूले तयार गरेका सामग्रीहरूको प्रदर्शनी तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरिएको थियो ।
आठ सातासम्म सञ्चालन भएको टेक्सटाइल ब्लक प्रिन्टिङ तालिम पूरा गरेका १२ जना प्रशिक्षार्थीले प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरूले आफ्नै हातले तयार गरेका सिर्जनाहरू प्रदर्शनीमा राखिएका थिए, जसले उपयुक्त सीपमूलक अवसर पाएमा अटिजम भएका व्यक्तिहरूले पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छन् भन्ने स्पष्ट सन्देश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)