फेवाताल घाटमा विशेष जाँच : लागुऔषध सेवन गरेका तीन डुंगा चालक नियन्त्रणमा
baahrakhari.com · Thu Jul 23 04:55:11 GMT 2026

काठमाडौं । पर्यटकीय नगरी पोखराको फेवातालमा डुंगा सयर गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले चालकहरूले मादकपदार्थ तथा लागुऔषध सेवन (मापसे/लापसे) गरे/नगरेको सम्बन्धी विशेष जाँच अभियान थालेको छ । डुंगा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।
पोखरा महानगरपालिका–६ स्थित बाराहीघाट क्षेत्रमा सञ्चालित अभियानका क्रममा ३२ डुंगा चालकको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा तीन चालकले लागुऔषध गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)