देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
nepalnews.com · Thu Jul 23 05:01:36 GMT 2026

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो खस्दा प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बिहीबार बिहान ९:३० बजेसम्म गरेको अपडेट अनुसार विभिन्न सडकहरू अवरुद्ध छन्।
बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। सम्भावित बाढीलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारी साधन आवतजावत बन्द गरिएको छ भने बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म भने सवारी साधनहरू सुचारु हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)