साउन १ गतेदेखि उपत्यकामा छैन बर्डफ्लु
himalpress.com · Thu Jul 23 05:03:42 GMT 2026

काठमाडौँ- पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रण हुन थालेको छ। राजधानी काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए। तर पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन। पछिल्लोपटक काठमाडौँको गोकणेश्वर १ सुन्दरीजलमा संक्रमण देखिएको थियो।
विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार पछिल्लो समय संक्रमण देखिएको छैन। संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ। उनले भने, ‘अहिले नियन्त्रित अवस्थामा छ। बर्डफ्लु देखिएका क्षेत्र वरिपरिका नमुना ल्याएर परीक्षण गर्दै छौँ।’ विभागको तथ्यांकअनुसार चैत ४ गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)